विराटनगर । विगतका वर्षहरूमा आर्थिक वर्षको अन्त्यतिर मात्रै तातेर हतारमा बजेट सक्ने ‘असारे विकास’ को परम्परालाई तोड्दै कोशी प्रदेश सरकारले यस वर्ष हिउँदको सुरुवातमै विकास निर्माणलाई तीव्रता दिएको छ । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले...
...